सुगौली सन्धिमा प्रयोग भएको नक्सा पेश गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले लिखित जवाफ माग गरेको हो ।

आदेशमा भनिएको छ, “सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा सो नक्सा बनाउँदाको इतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् १८१६ को सुगौली सन्धिको अनुसूचीसहितको प्रतिलिपि पेश गर्नु ।”

त्यस्तै, आदेशमा सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय सङ्गठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्शाउने कुनै सन्धि, नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिसमेत पेश गर्न आदेश दिएको छ ।

आदेशमा राष्ट्रिय योजना आयोग तथा अन्य कुनै निकायमा नेपालको नक्सा सम्बन्धमा कुनै कार्य भएको भए त्यस्ता सामग्री वा नेपालको दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्रा्ष्ट्रिय रुपमा उपलब्ध सामग्रीहरु सिंहदरबारबाट झिकाई नियमानुसार पेश गर्नु भनिएको छ ।

वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दैै अदालतले सो आदेश जारी गरेको हो । यसअघि अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र फणीन्द्र नेपालले दायर गरेको रिट निवेदन पनि सँगै राख्ने आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा

नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै पूर्वराजाले भने -नेपाली खेलाडीको प्रदर्शनबाट गौरव बढाएको छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको हाङझाउमा भएको १९ औं खेलकुदमा नेपाली क्रिकेट

सुर्खेतको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी

नेपालले पायो भारतको रियल टाइम मार्केटमा बिजुली बेच्ने अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि