उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौँ । गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो ।

सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो । श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् ।

उनीहरू सबैबाट गरी किसानले एक अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु किसानले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका सञ्चालक र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी रोक्का राख्ने सरकारको घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी

प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब बजेट

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब रुपैयाँ दिने

भूमिसम्बन्धी कानुन संसोधनगरी ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

काठमाडौं । सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ । बिहीबार

प्रतिव्यक्ति आय १४९६ अमेरिकी डलर पुग्ने अनुमान

काठमाडौं । सरकारले आगामी चालु आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण