नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई पर्यटनमन्त्रीको चेतावनी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताए ।

कार्यक्रममा कर्मचारीहरुले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने बताए । उनले आफू छलफल गर्न तयार भएको तर कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएको भन्दै आन्दोलनबाट समस्या समाधान हुन नसक्ने बताए ।

कार्यक्रममा आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणलाई विभाजन गर्नेगरि विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।

गत साउनमा मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन ल्याउन संस्कृति पर्यटन तथा नगारिक उड्डयान मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो ।

विधेयकको विरोधमा आधिकारीक ट्रेड युनियनले गत मंसिर २९ गते नै विभिन्न चरणका आन्दोलनको घोषणा गरेको थियो । युनियनले पुष १६ देखि १८ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने, पुष २० देखि २२ गते सम्म पेन डाउन गर्ने तथा पुष २३ गते देखि २५ गतेसम्म महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्र आएको १५ वर्षपछि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला

पोखरा । पोखराको रत्नमन्दिर गणतन्त्र दिवसको अवसर पारेर सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको

संविधानमा रहेका अधिकारको प्रयोग जनताले सहज रूपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग

टीकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले न्याय पाउनुपर्छः रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिनको माग

रेशम चौधरी रिहा

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता