देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षाको सम्भावना



काठमाडौं । भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ । आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो मौसम प्रणालीका कारण आज रातिदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ ।

हिमपात र पानी परेपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ । यही मौसम प्रणालीका कारण बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभावना रहेको छ। यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ ।

बिहिबार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ। सोही राती राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युट्युब हेरेरै उद्यमी

बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम

मलेसियाका गृहमन्त्री काठमाडौंमा

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने

माग सम्बोधनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन कुर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार बसेको

पुष्कर गौतमलाई दिइएको जन्मकैदको सजाय सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र युद्धका बेला ओखलढुङ्गाको तारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा