देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षाको सम्भावना



काठमाडौं । भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ । आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो मौसम प्रणालीका कारण आज रातिदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ ।

हिमपात र पानी परेपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ । यही मौसम प्रणालीका कारण बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभावना रहेको छ। यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ ।

बिहिबार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ। सोही राती राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राइड सेयरिङ नियमावली खारेज नगरे गण्डकीमा यातायात बन्द गर्ने व्यवसायीको चेतावनी

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको

सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमाः कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गरेको

नागढुंगा–नौबिसे सडकखण्डमा सवारी जाम(फोटोफिचर)

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बस आज बिहान पौने तीन बजेतिर नागढुंगा–नौबिसे

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै