सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश



सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ’सिद्धबाबा’ लाई तीन लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकातर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । कृष्णदास पक्षका ५ जना अधिवक्ता मध्ये २ जनाले आइतवार बहस गरेका थिए ।

उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए । कृष्णदासकोतर्फबाट सोमबार बाँकी २ जना अधिवक्ताले बहस गरेपछि अदालतबाट यस्तो आदेश आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा–मुग्लिन सडकको ठेक्काको मंसिर २० गते म्याद सकिँदै, भौतिक प्रगति जम्मा ३२ प्रतिशत मात्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक

एकीकृत समाजवादीमा नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो

रविलाई लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

शुक्लाफाँटामा छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक