नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव भयोः अध्यक्ष शर्मा



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको बताएका छन् । ‘राज्यविहीनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा अध्यक्ष शर्माले संविधानमै नागरिकता सम्बन्धि प्रावधानहरु विवादित रहेको बताएका हुन् ।

उनले भने, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ । तर बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन । वंशजको आधार पुरुषबाट सुरु हुन्छ ।’ शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए ।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरु कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहीनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर