कांग्रेसको विवाद थप उत्कर्षमाः पौडेल पक्षले पार्टीको केन्द्रीय समिति बैठकका निर्णय नमान्ने



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । महाराजगंजस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको वरिष्ठ नेता पौडेल पक्षको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेको निष्कर्ष निकालेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरेर निर्णय आएको भन्दै उक्त निर्णय नमान्ने बताए ।

शुक्रबारको निर्णयले पार्टीलाई थप धरासयी बनाएको हुँदा देशभरका कांग्रेस कार्यकर्ता सचेत हुने बेला आएको पौडेलले बताए । उनले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानको धज्जी उडाउने काम सभापति देउवाबाट भएको आरोप पनि लगाए ।

महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने बताए ।

सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले

जनता भ्रष्टाचारदेखि दिक्क भएका छन्: नेता थानी(अन्तरवार्ता)

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गरेका नेपाली

सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु

डोटीमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु, आठ घाइते

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको