यसरी उठ्दैछ धरहरा



काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनेको धरहरा निर्माणले तीव्रता पाएको छ । धरहराको अहिले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको छ भने अहिले चौथो तलाको काम भइरहेको छ ।

एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । उनले १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले जानकारी दिएका छन् ।

उनका अनुसार धरहराको भैतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका