प्रचण्डद्वारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन



चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरीक्षण गरेका छन् । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई आग्रह गरे ।

‘यो राष्टिय गौरवको आयोजना हो । यसलाई सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व हो’–अध्यक्ष प्रचण्डले भने–‘यो निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उनले रंगशालाको काम के कस्तो भईरहेको होला, कसरी अगाडि बढिरहेको होला भन्ने आफूलाई खुल्दुली लागेकाले पनि आज आयोजना निर्माण स्थलमै आएर निर्माण प्रगति अवलोकन गर्दा खुसी लागेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिति गठन गरेर अगाडी बढ्न कट्टेललाइ आग्रह गरे । ‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं’–उनले भने–‘ निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गर्दछु ।’ ‘तपाईहरू निर्माण कार्यलाइ गुणस्तरीय र पारदर्सी ढंगले काम गर्दै जानुस्, यसको निर्माण सम्पन्न हुन्छ र बन्छ’–प्रचण्डले थपे ।

आयोजना निर्माणमा चितवनबासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउदै उहांले सबैलाइ सकेको सहयोग मन फुकाएर गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका

मधेस प्रदेशमा १२ अर्ब ७० करोड लागतका ६४ सडक योजनाको एकैपटक शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका

राजेन्द्र लिङ्देनको चेतावनीः हाम्रो भद्रतालाई कमजोरी ठानियो भने लडाइँ सुरु हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई

पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ्गमा गन्तव्यमा लगिँदै

काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन आइतबार पनि स्कर्टिङ्ग गरिएको छ