गायक रामकृष्ण ढकाल र निलम शाहले गरे सम्बन्ध विच्छेद



काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालले बुधबार सम्बन्ध विच्छेद गरेका हुन् ।

उनीहरुले मंगलबार जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो । ढकाल दम्पतीकी छोरी रानी आमासँग बस्‍ने तर उनको पठनपाठन र लालनपालन दुवैले गर्ने सहमति भएको छ ।

उनका अनुसार नीलमले रामकृष्णको सम्पत्तिमा दाबी नगर्ने पनि सहमति भएको छ । चाहेको समयमा रामकृष्णले छोरीलाई भेट्ने पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास