पर्यटनमन्त्रीले भ्रमण वर्षकाबारेमा ८० वटा संगठनसँग प्रत्यक्ष सम्बाद गर्ने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन् । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उनले बताए ।

मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबारसम्म करिब ८० वटा संगठनसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए ।

मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनहरुलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागी गराउन आग्रह गरेका छन् । जनवरी एकबाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने

‘अब १२ महिना आँप फलाउ भनेर परमादेश जारी भयो भने के १२ महिनानै आँप फल्छ त ?’

काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश दुईका १५ सय छात्रालाई साइकल वितरण(फोटोफिचर)

जनकपुरधाम । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी

सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष