संसदीय सुनुवाई समितिद्वारा निरालाविरुद्ध उजुरी आह्वान
काठमाडौँ । न्याय परिषद् सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाविरुद्ध संसदीय सुनुवाई समितिले सार्वजनिक उजुरी दिन आह्वान गरेको छ ।
मंगलबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका निराला विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।
सोमबारको मन्त्रिपरिषद बैठकले निरालाको नाम सिफारिस गरेको थियो । सुनुवाई समितिले अनुमोदन गरेपछि मात्रै निराला नियुक्तिका लागि योग्य हुन्छन् ।
सरकारको कोटाबाट सिफारिसपछि पदम बैदिकले राजीनामा दिएपछि न्यायपरिषदमा एक सदस्य रिक्त थियो । त्यही ठाउँमा सरकारले सिफारिस गरेको हो ।