काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ (भिडियोसहित)



काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा बसेर चीनमा आर्थिक अपराध गरेको, नेपालमा बैंक ह्याकिङलगायतका प्रकरणमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ ।

एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको प्रहरीले जनाएको छ । उनका अनुसार प्रहरीले ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको छ । पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरी मातहतको विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना