गोकर्ण रिसोर्ट र नारायणहिटीको जग्गा लिजको विषय सदनलाई जानकारी गराउन सत्तारुढकै सांसदको माग



काठमाडौं । सत्तारुढ नेकपाका सांसद खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवाद बारे स्पष्ट पार्न सरकारसंग माग गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै भट्टराईले सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “खास गरी गोकर्ण रिसोर्ट र नारायणहिटी संग्रहालय अगाडि दरबारमार्गमा रहेको जग्गाको भोगाधिकार सम्बन्धी विषय आलोचनाको रुपमा बाहिर आएको छ । आलोचना र विवाद बाहिर आईसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । तसर्थ यी विषयमा सदनलाई जानकारी गराईयोस् । ”

विगतमा पनि राजनीतिक मुद्दाको रुपमा लिपुलेक र लिम्पियाधुराको विषय धेरै उठ्ने गरेको भन्दै उनले सीमाको विषयमा स्पष्ट अडान लिएको भन्दै सरकारको बचाउ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा