निजगढ विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्ण रवरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख नकाट्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि अर्काेरिट दायर गरेकाले अब दुवै मुद्दा एउटै इजलासमा सुनुवाइ गर्ने निर्णय इजलाशको गरेको छ ।

इजलासले विपक्षीहरूलाई लिखित जवाफ दिन आदेश दिएको छ । लिखित जवाफ पेश भएको एक महिनापछि निरन्तर सुनुवाइ हुने आदेश दिँदै इजलासले विमानस्थलको रुख कटानसम्बन्धी परेका दुवै मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । यसअघि नै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणस्थलका रुख कटान नगर्न आदेश दिएको थियो ।

गत मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले त्यस्तो आदेश दिएको थियो । यो मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश २ कै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खैरो हेरोइन कारोवार गर्ने गिरोह पक्राउ

काठमाडौं । लागुऔषध खैरो हेरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको

जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आयोः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र,

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण

प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न