सवारी ज्यान मुद्दामा विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत जेल चलान



बारा । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन् । १३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो ।

प्रहरीका अनुसार अदालतले सुनाएको २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वन गर्न राउतलाई कारागार पठाइएको छ ।

२०६२ माघ २८ गते राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा ३ मा ठक्कर दिँदा घाइते भएकी ६५ वर्षीया हसियादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा २०६३ साल भदौ २९ मा जिल्ला अदालतले राउतलाई २९ दिन जेल र दुई हजार जरिवानाको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ