सवारी ज्यान मुद्दामा विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत जेल चलान



बारा । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन् । १३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो ।

प्रहरीका अनुसार अदालतले सुनाएको २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वन गर्न राउतलाई कारागार पठाइएको छ ।

२०६२ माघ २८ गते राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा ३ मा ठक्कर दिँदा घाइते भएकी ६५ वर्षीया हसियादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा २०६३ साल भदौ २९ मा जिल्ला अदालतले राउतलाई २९ दिन जेल र दुई हजार जरिवानाको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुन बनाएर मात्र सौन्दर्य प्रतियोगिता संचालनको अनुमति दिन सरकारलाई महिला समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा र जघन्य अपराधका

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड

अब चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

सञ्चिता घिमिरे, काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै