संसदको हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता अनुमोदन गर्न सरकारसँग एमसिए नेपालको माग



काठमाडौ । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसिसी कम्प्याक्ट सम्झौता अनुमोदन गर्न सरकारलाई आग्रह गरेको छ । आइतबार काठमाडौंमा एमसीए नेपालले पत्रकार सम्मेलन गरी संसदको जारी हिउँदे अधिवेशनबाट सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो ।

एमसीसी कम्प्याक्टमा उल्लेख पूर्व सर्तमध्ये संसदबाट अनुमोदन हुने र राइट अफ वे क्लियरेन्सको काम गर्ने सम्झौता छ । एमसीसीमा अमेरिकी सरकारको ५० करोड अमेरिका डलर अनुदान र नेपाल सरकारको १३ करोड अमेरिकी डलर परिचालन हुनेछ । नेपालमा एमसीसीअन्तर्गत मुख्य प्रसारण लाइन र सडक स्तरोन्नति रहेको छ ।

सम्झौतामा ३१२ किमी प्रशारण लाइन, ४०० केभी उच्च क्षमताको प्रशारण लाइन निर्माण र सडक स्तरोन्नती गर्ने उल्लेख छ । नेपालको प्राथमिकताको आधार परियोजना निर्धारण गरिएको र एमसीसीको सहयोग अमेरिकाको सुरक्षा छाता (इन्डो प्यासेफिक) भित्र नपर्ने एमसीए नेपालले जनाएको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विस्टले कुनै पनि देशको सम्झौता कार्यान्यनका क्रममा सम्बन्धित देशको कानुन परिवर्तनले असर नपरोस भनेर यो सम्झौता संसदबाटै अनुमोदन हुनुपर्ने एमसिसीको पूर्वसर्त रहेको बताए ।

विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो । सन् २०१२ यता विभिन्न चरणको छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा