बजेट निकासामा ढीलाई हुँदा वित्तीय प्रगति नदेखिएको सचिवहरुको गुनासो



काठमाडौं । विभिन्न मन्त्रालयका सचिवहरुले विकास निर्माणमा भौतिक प्रगति भएको तर बजेट निकासामा ढीलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताएका छन् । संसदको अर्थसमितिको बिहीबारको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले भौतिक प्रगति भएपनि भुक्तानीमा ढिलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताएका हुन् ।

सबैभन्दा बढी विकासे बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले १ खर्ब ४४ अर्ब कुल बजेट रहेकोमा अहिले सम्म १० प्रतिशत मात्र खर्च भएको बताए ।

उनले सार्वजनिक नियमावली परिवर्तन भएपछि म्याद थपको अन्योल, ठेक्का प्रकृयामा ढिलाई हुने, तथा ठेक्कापछि यस अघि २० प्रतिशत पेस्कि दिने गरेकोमा अहिले १० प्रतिशतमा झारीएकोले पनि बजेट खर्च कम भएको देखिएको बताए ।

त्यस्तै उर्जा जलस्रोत तथा सिँचाई सचिव दिनेश कुमार घिमिरेले वित्तीय प्रगति भन्दा भौतिक प्रगति बढी भएको बताए । उनले कतिपय आयोजनामा प्रधिकरणले आफ्नै स्रोतबाट खर्च गरिरहेको र मन्त्रालयबाट निकासा नभइसकेको अवस्थाका कारण बजेट खर्च न्यून देखिएको बताए ।

यसबाहेक सचिव घिमिरेले माथिल्लो तामाकोशीमा केही जटिल समस्या देखिएपछि आयोजना निर्माणमा ढिलाई भएको बताए । त्यस्तै बुढीगण्डकी आयोजनाको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा प्रगति भएको समेत बताए ।

अर्थसचिव डा. राजन खनालले अहिले सम्म कुल बजेटको २० दशमलव १७ प्रतिशत बजेट खर्च भएको र त्यसमा पनि पूँजीगत खर्च ९ दशमलव २५ प्रतिशत मात्र भएको बताए । उनले मन्त्रालयहरुले विभिन्न बाहना देखाई खर्च हुन नसकेको अवस्था जनाउनु राम्रो नभएको भन्दै त्यसमाथि समिक्षा गर्नुपर्ने अवस्था आएको बताए ।

उनले ठेक्का प्रकृया पछि दिइने पेश्कि घटाइएकोले मात्रै बजेट खर्च न्यून भएको हुन नसक्ने बताए । त्यस्तै मन्त्रालयका सचिवहहरुले ठेक्का प्रकृया, जग्गा अधिग्रहण, सार्वजनिक खरिद नियमावली र तीनै तहको समन्वयमा कमी हुँदा कतिपय आयोजनाहरु प्रभावित भएको बताएका छन् ।

बैठकमा सांसदहरुले संघीयता पछिको वित्तीय संक्रमणकालको नाममा हरेक वर्ष बजेट खर्च न्यून हुने अवस्था आउन नदिन अर्थमन्त्रालयले कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गभर्नर नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्व पौडेललाई गरेको नियुक्तिविरुद्ध

एमालेले भन्यो-कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई

कांग्रेस पूर्वसांसद आलमले उच्च अदालतबाट पाए सफाई

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् ।

विमानस्थल अध्यागमन प्रमुखले गरेको कामको दायित्व मैले लिनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु