उच्च अदालतद्वारा महरालाई धरौटीमा छाड्न अस्वीकार



काठमाडौं । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले बिहीबार निवर्तमान सभामुख महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि महरालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।

आदेशमा भनिएको छ, “मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पपक्षका लागि थुनामा राख्ने गरी त्यस अदालत (काठमाडौँ जिल्ला अदालत) बाट भएको आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन ।” संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा सो आदेशपछि थुनामै बस्नुपर्नेछ ।

गत मङ्सिर ५ गते महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाऊँ भन्ने आग्रहसहित उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । प्रतिवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगले मुकुल ढकाललाई दियो रास्वपाको महामन्त्री कायमै रहेको पत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै

भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका