विवादास्पद विधेयक नल्याउन प्रधानमन्त्रीलाई देउवाको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा बिहीबार विहान बालुवाटार पुगेका थिए ।
भेटमा देउवाले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् । सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।