बालिका बलात्कारका अभियुक्तलाई जन्मकैदको सजाय



तनहुँ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

बालिकालाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतको फैसला छ । गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए । उनी साउन २४ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यभार सम्हाल्न आए नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौं

काठमाडौं । नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका

एकीकृत समाजवादी विवाद : प्रेम आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिए

काठमाडौं । एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । नेता सोमप्रसाद

चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

काठामाडौं । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता

डिजेल र पेट्रोलको प्रतिलिटर ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्ने

काठमाडौँ । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन