आप्रवासन समस्या कम गर्न सरकारलाई आईओएमको २४ बुँदे सुझाव



काठमाडौं । नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई व्यवस्थित तथा कम गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले २४ बुँदे सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बुधबार काठमाडौंमा कार्यक्रम गरि आईओएमले नेपालको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदन सार्वजनिक गर्दै २४ बुँदे सुझाव दिएको हो । उक्त प्रतिवेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सार्वजनिक गरे ।

प्रतिवेदनले आप्रवास सम्बन्धी प्रशासनका लागि सम्बद्ध सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन गर्नुपर्ने, कानूनी प्रकृयालाई सरल बनाउनुपर्ने, गन्तव्य मुलुकसँग द्धिपक्षीय सम्झौताहरु विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझाव दिएको छ ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको बताए ।

उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सिप, ज्ञान, भाषा लगायतका विषयमा दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको बताए । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले नेपाल सहित ८१ वटा देशको अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिल्ली पुगेर प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील छ

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बुधबारदेखि सुरु गरेको भारत भ्रमण सद्भावना

नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी