प्रहरी निरीक्षकलाई १५ हजार रुपैयाँ घुस दिने गोरु व्यापारी पक्राउ
काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ ।
स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।