अख्तियारद्वारा बीपी प्रतिष्ठान धरानका रजिस्टासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार हिनामिना गरेको अख्तियारले जनाएको छ ।

त्यसैगरी मालपोत कार्यालय, धादिङ्गका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसमेत ७ जनाविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना