नेकपाको स्थायी कमिटी बैठकः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुने



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन १७ पुष्ठ लामो प्रतिवेदन बैठकमा पेश गरेका हुन् । प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुनेछ ।

आइतबारको बैठक करिब दुई घण्टा चलेर स्थगित भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पनि पेश गरेका छन् ।

प्रतिवेदनमा प्रचण्डले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना गर्दै अब यस्तो नगर्ने प्रतिवद्धता जनाएका एक सदस्यले जानकारी दिएका छन् । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यका कारण उपस्थित भएका थिएनन् ।

यसअघि आइतबारै विहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डा छलफलका लागि तय गरेको थियो । नेकपाको स्थायी कमिटीको बैठक एकवर्ष पछि बसेको हो । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेनाल्टी शुट आउटमा ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकपको सेमिफाइनलमा

काठमाडौं । पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टीशुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको

दुईजना नक्कली प्रहरी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने

स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी