सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो



सिन्धुपाल्चोक । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आइतबार बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ ।

दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

त्रिशूली । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा

चितवनमा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौं ।  नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज

पूर्वमन्त्री पदम राईको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वराज्यमन्त्री पदम राईको निधन भएको छ