धनुषा बम विष्फोटका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर मा शुक्रबार राति भएको बम बिस्फोट घटनाको पीडित परिवारसँग भेट गरेका छन् ।

आइतबार बिहान टोली सहित घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने बताए ।

मृतक परिवारलाई उपलब्ध गराईने रकम बारे आउदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने उनले जानकारी दिए । बम बिस्फोटमा परि प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

घाइतेहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको