सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु
काठमाडौं । लामो साँघु जिरी सडकखण्डमा पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा बस दुर्घटना भएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आइरहेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट बस पल्टिएको हो ।
प्रहरीका अनुसार उक्त बस अरनिको राजमार्गबाट झन्डै ५०० मिटर तल खसेको थियो। दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।