बम विष्फोटमा परी धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु, दुई घाइते



जनकपुरधाम । धनुषाको थिरेश्वरनाथ नगरपालिका वडा नम्बर पाँचस्थित औषधि व्यवसायी राजेश साहको घरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यवसायी राजेश साह र उनका छोरा रहेका छन् ।

विस्फोटमा गम्भीर घाइते भएका प्रहरी दाहालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । राजेश साहले आफ्नो घरमा बम राखेको थाहा पाएपछि प्रहरी निरीक्षक दाहाललाई बोलाएका थिए ।

विस्फोटमा परि राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् । बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ