महानगर दिवसमा मंसिर २८ र २९ गते विशेष कार्यक्रम आयोजना हुने



काठमाडौं । भोलि र पर्सि (मंसिर २८ र २९ गते) काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरका प्रमुख एवं महानगर दिवस मुल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यले नगरबासीका बीचमा बसेर महानगर दिवस मनाउने गरी कार्यक्रम तय गरिएको जानकारी दिए ।

कार्यक्रममा परम्परागत वाद्यबादन, वाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ । मेयर शाक्यले स्थानीयबासीका प्राप्त भएका सुझावका आधारमा हरेक बर्षका कार्यक्रमलाई जनअपेक्षाबमोजिम सुधार गदैै लगिने बताए । भोलि बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल र्याली हुनेछ भने दिउँसो १ बजे रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ ।

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा कविता, निबन्ध तथा खेलकुद उपसमिति गठन गरिएको र ती समितिले आफ्ना—आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको मेयर शाक्यको भनाइ थियो ।

महानगर दिवसको उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने छ । त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । त्यसैगरी १० जना पत्रकारलाई वितरण गरिँदै आएको महानगर सुशासन पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।

गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसले आपसी सद्भाव र आत्मीयतामा बृद्धि होस् भन्ने भन्ने उद्देश्यले आज जनप्रतिनिधि र कर्मचारीकाबीच डोरी तान्ने र घैंटो फोड्ने प्रतियोगिता हुँदैछ । त्यस्तै महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता हुनेछ ।

दिवसको अवसर पारेर सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा हुँदैछ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।

२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस वर्ष २५ वर्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घादिङ खाल्टेको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

  मलेखु (धादिङ) । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ