बहुविवाहको आरोप लागेका छवि ओझा साधारण तारेखमा रिहा



काठमाडौँ .। बहुविवाह गरेको आरोपमा मुद्दा चलाइएका चलचित्र निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन्। उनलाई जिल्ला अदालत काठमाडौँले साधारण तारेखमा छाडेको हो । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

छवि जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका थिए। निर्माता ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए।

सम्बन्ध बिच्छेद नै नगरी छविले ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुबै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति पाएको थियो। अदालतले पक्राउ गर्न आदेश दिएसँगै छवि र शिल्पा फरार थिए।

आरोपी मध्येकी एक शिल्पा गएको कात्तिक अन्तिममा जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन्। शिल्पालाई अदालतले साधारण तारेखमा छाडेको थियो।

अभिनेत्री शिल्पाले श्रीमान् ओझा विरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएकी थिइन्, यो विवाद सम्बन्धबिच्छेदसम्म पनि पुगेको थियो। शिल्पाले श्रीमान् ओझाको आधा अंश माग गर्दै जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् ।

यही समयमा छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दायर गरेकी थिइन्। हेमा छवीकी पहिलो श्रीमति हुन्। उनीहरुको दुईवटा छोरा छन् । छवी र शिल्पाको विवाह २०७३ सालमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया