वामदेव गौतम भन्छन् -प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन् । बीबीसी नेपाली सेवासँग कुरा गर्दै गौतमले प्रधानमन्त्री हुने शर्तमा मात्रै आफू राष्ट्रिय सभामा जाने बताएका हुन् । त्यसका निम्ति आफ्ना सर्तहरू रहेको नेता गौतमले बताएका छन् ।

उनले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्नुपर्ने बताए । त्यसका निम्ति संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो । आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको नेता गौतमले बताए ।

उनले भने, “प्रतिनिधिसभा वा राष्ट्रिय सभा जहाँ गए पनि म प्रधानमन्त्री बन्न मात्र जाने हो। त्यसैले संशोधन गरेमात्र राष्ट्रिय सभामा जान्छु भएको हुँ।“ दुवै सदनका सदस्य प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्ने प्रस्ताव ’आफ्नो निम्ति मात्र नभएर संसदीय अभ्यास सुहाउँदो भएकाले’ राखेको उनको तर्क छ । गौतमले भने, “संविधान संशोधन भयो भने पनि म राष्ट्रिय सभामा जान्नँ। प्रधानमन्त्री बन्ने स्थिति बन्यो भने मात्र म जाने हो।“ उनका अनुसार संविधान संशोधन गर्न पनि सकिन्छ भनेर दुवै अध्यक्षले जवाफ दिएका थिए ।

तर त्यो गर्ने नगर्ने भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । पछिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोग नेकपापछि

प्रदेश दुईको नीति तथा कार्यक्रम पारित

जनकपुरधाम । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ

दोस्रोपटक भएको मन्त्रिपरिषदविस्तार विरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

काठमाडौं । दोस्रोपटक भएको मन्त्रिपरिषदविस्तार विरुद्ध आइतबार सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको

केही खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर