दोलखाका सिडिओ खगेन्द्र रिजाललाई निलम्बन गर्न गृहलाई अख्तियारको पत्र(पत्रसहित)



काठमाडौं । घुसकाण्डमा मुछिएका दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

केहि दिन अघि सेवाग्राहीबाट घुस लिएको सार्वजनिक भएपछि उनले रकम फिर्ता गरेका थिए । त्यस लगत्तै गृहले उनलाई मन्त्रालय तानेको थियो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज एक बिज्ञप्ति जारी गरि रिजाल पदमा बहाल रहँदा प्रमाण नष्ट हुन जाने भन्दै निलम्बन गर्न आग्रह गरिएको जनाएका छन् ।

प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२४ गते ।
————————————————–

जिल्ला प्रशासन कार्यालय, दोलखाका प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकाहरुमा प्रकाशित समाचारहरु उपर यस आयोगबाट अनुसन्धान भइरहेको र निज खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफ्नो बिरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्‍याउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरवारमा लेखी पठाइएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीको प्रश्नः कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिँदै जानुपर्ने हो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि

डोल्पाको ठुली भेरीमा यार्सा संकलन गर्ने समूहबीच झडप, दुई राउण्ड हवाइ फायर

काठमाडौं । शनिबार दिउँसो डोल्पाको ठुली भेरी नगरपालिका– १ ठाला लेकमा यार्सागुम्बा संकलन

गृह मन्त्रालयले भन्यो-भिजिट भिसा प्रकरणको अनुसन्धानमा अख्तियारलाई पूर्ण सहयोग रहन्छ

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा

नेपालमा सुशासनका मुख्य समस्या तथा चुनौतीहरु

-डा. लछी सिंह सुशासन एक असल, उत्कृष्ट, सर्वप्रिय, अप्रेषित र वैध शासनको व्यवस्था