विभिन्न चार परियोजना निर्माणका लागि एडिबीले नेपाललाई ४० अर्ब ऋण दिने



काठमाडौं । एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात् ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडिबिसँग सम्झौतामा गरेको हो ।

ऋण सहयोग सम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशिय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा एडिबिका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदीको बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ करोड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको जानकारी दिए ।

अर्थसचिव खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात् झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए ।

त्यसमध्ये एडिबिको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहनेछ । उनले उक्त सडकखण्डको आँबु खैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रसघका महासचिवलाई राष्ट्रपति पौडेलको आग्रह

धर्मेन्द्र झा, बाकु(अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई

संसदीय समितिको निष्कर्षः काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको कार्य प्रगति सन्तोषजनक

  काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य

भरुवा बन्दुकसहित लमजुङमा एकजना पक्राउ

सुन्दरबजार । लमजुङको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका