भारतीय राजदूत पुरी र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार विदाई भेट गरेका छन् ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले नेता नेपालसँग बिदाइ भेट गरेका नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।
भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् । तर भारतीय पक्षले भने नेपालको कदमलाई वेवास्ता गरेको बताइएको छ ।