‘एम–२८ स्काई ट्रक’ त्रिभुवन विमानस्थलमा अवतरण



काठमाडौं । २०७२ सालको भूकम्पपछि अमेरिकाले घोषणा गरेको सैन्य सहयोगमध्ये दुई वटा ‘एम–२८ स्काई ट्रक’ आइतबार बिहान काठमाडौं आइपुगेका छन् ।

अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले नेपाल भ्रमण गरेर उच्च स्तरीय भेटवार्ता गरेलगत्तै ‘स्काई ट्रक’ आइपुगेका हुन् । यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो ।

पहिले विमानसँगै मर्मतसम्भार तालिमका लागि प्राविधिक जनशक्ति पनि नेपालमा पठाउने जनाइएको थियो । हाल सेनाको हवाई सेवा निर्देशनालयमा कार्यरत सैनिक अधिकृतलाई पछि अमेरिकामै बोलाएर पनि तालिम दिन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजतन्त्र ल्याएर फाइदा हुँदैनः अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा

२५ करोड विदेशी मुद्रा बरामद प्रकरणः ट्रक चालक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । काठमाडौंको टोखामा २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौँ । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ

हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर