नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सरकार प्रतिवद्धः पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शून्य सहनशीलताको नीति लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको नागरिक उड्डयनको क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेकोले यसको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्याङ्कनमा राम्रो सुधार गरिएको बताए ।

उनले उड्डयन क्षेत्रको सेवा, सुविधा तथा सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता सबै उड्डयन कम्पनी तथा कर्मचारीले गर्नुपर्ने बताए । उनले नागरिक उड्डयान सम्बन्धी सेवा र सुरक्षाको लागि सरकारले कुनै सम्झौता नगर्ने भन्दै अभियानमा साथ दिन सबै पक्षलाई आग्रह गरे ।

उनले सबैपक्षको सहयोग र प्रतिवद्धता भए नेपालमा दशकौंदेखि कुनैपनि दुर्घटना भएका छैन भन्ने स्थिति बनाउन सकिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको