शनिबार उपत्यकाका मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन ट्राफिक प्रहरीको अनुरोध



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

शनिबार बिहान सात बजेदेखि ११ बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले सूचना जारी गरेको छ ।

म्याराथन दौड शनिबार बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यस्तै महाशाखाले शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु

बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने

लुम्बिनी । बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र

दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते घटेको घटनामा संलग्न आरोपमा पक्राउ परेका

काभ्रेको बनेपामा नवदुर्गा जात्रा सम्पन्न

काभ्रे । काभ्रेको बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आइतबार सम्पन्न भएको