प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपरान्ह  डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

चिकित्सकले केही दिन अस्पतालमा राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उनलाई बिहीबार नै डिस्चार्च गरिएको हो । डिस्चार्ज हुनुअघि प्रधानमन्त्रीलाई भेट्न राष्टपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् ।

ओलीको भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले गत कार्तिक १३ गतेदेखि नियमितरुपमा डायलासिस गरिँदै आएको छ । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुशासनप्रति ठूलो मजाक !

-नारायण गाउँले । पोखरा विमानस्थलमा ठूलै भ्रष्टाचार भएको समाचार विश्वभरका मिडियामा आए ।

टिआरसीसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ३४ जना छनौट

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले आयोग पदाधिकारीकाका लागि

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

धरान ।  इटहरी उपमहानगरपालिका- ४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ