हनुमानढोका गद्दी बैठकको व्यवस्थापनका लागि गृह र पर्यटन मन्त्रालयबीच भयो यस्तो समझदारी



काठमाडौं । हनुमानढोका गद्दी बैठकमा रहेको आवश्यक सामग्रीको संरक्षण, प्रवद्र्धनलगायत कार्य अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने भएको छ ।

गद्दी बैठकमा रहेका जिन्सी सामग्री हस्तान्तरण, सञ्चालन एवं व्यवस्थापनका सम्बन्धमा मंगलबार गृह मन्त्रालयसँग भएको समझदारीअनुसार यहाँ रहेका सामग्रीको संरक्षण र प्रवद्र्धन कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

दुई मन्त्रालयबीच भएको समझदारीअनुसार गद्दी बैठक र सम्बद्ध सामाजिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक, पुरातात्विक र कलात्मक महत्वका सबै वस्तु तथा सामग्रीको पूर्ण संरक्षण हुने र स्वरूप तथा गुणस्तरमा अनाधिकृत परिवर्तन हुन नपाउने कुराको प्रत्याभूति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्तर्गत निकायबाट हुनेछ ।

यसअघि यहाँको व्यवस्थापन गृहमन्त्रालयले गर्दै आएको थियो । पाँचबुँदे समझदारीमा इन्द्रजात्रा पर्वको मूल सांस्कृतिक तथा धार्मिक समारोहको समयमा हनुमानढोका गद्दी बैठकमा रहेको स्थानको प्रयोग तथा उपयोग गृह मन्त्रालयको व्यवस्थापनमा हुने तथा यहाँ रहेको भवन, गद्दी बैठक (सभाहल), बरण्डा र वरपरको सरसफाइ, रङरोगन, बारबन्देज, हेरचाह र सुरक्षाको जिम्मेवारी हनुमानढोका दरबार हेरचाह अड्डाबाट गरिने उल्लेख छ । साविकमा गद्दी बैठकको सरसफाइ तथा हेरचाहका लागि वसन्तपुर दरबारमा रहेको गृह मन्त्रालयको निकाय (समारोह प्रबन्ध फाँट)को काममात्र गृह मन्त्रालयले हेर्नेेछ ।

यस्तै इन्द्रजात्रा पर्वको समयमा गृह मन्त्रालयको समारोह प्रबन्ध फाँट, हनुमानढोका दरबार हेरचाह अड्डा, काठमाडौँ महानगरपालिका, गुठी संस्थान आदि निकायबाट परम्परागतरूपमा उपलब्ध गराइँदै आएका तथा गराउन आवश्यक फर्निचर, फर्निसिङलगायतका भौतिक सामग्रीको प्रबन्ध काठमाडौँ महानगरपालिका, गुठी संस्थानलगायत निकायको सहयोग तथा समन्वयमा हनुमानढोका दरबार हेरचाह अड्डाले मिलाउने समझदारीपत्रमा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको समझदारीपत्रमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र गृहसचिव प्रेमकुमार राईले हस्ताक्षर गरेका छन् ।

सो क्रममा गृहमन्त्री थापाले पुरातात्विक तथा ऐतिहासिक क्षेत्र वसन्तपुरको संरक्षण र व्यवस्थापनका लागि भएको समझदारी महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले भ्रमण वर्ष २०२० मा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन

बाढीले सडक बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

सप्तरी । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक