प्रधानमन्त्रीलाई प्रचण्डको सुझावः पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्नु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर उनको पछिल्लो स्वास्थ्य अवस्थाका बारे जानकारी लिएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफू पाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी गतिविधि लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक/शुभचिन्तक जनसमुदायले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे चासो र चिन्ता व्यक्त गरेको र स्वास्थ्यमा आएको क्रमिक सुधारको समाचारले सबैमा खुसीको सञ्चार भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले उनलाई बताएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढल्केबर पुग्यो प्राधिकरणको उच्चस्तरीय टोली, आगलागी भएको सबस्टेशनको अध्ययन गर्ने

काठमाडौं । बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनको निरीक्षण गर्न प्राधिकरणको टोली पुगेको छ

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका

६ जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।

१४ अर्ब अनुमान रहेको पोखरा विमानस्थल निर्माणको लागत कसरी पुग्यो २२ अर्ब ? ससदीय समितिले उठायो प्रश्न

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन