सरकारी कागज कीर्ते गर्ने तीन जना फोटो स्टुडियो संचालक पक्राउ



काठमाडौं । सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकहरु पक्राउ परेका छन् ।  शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीवार काठमाडौँको विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ओखलढुंगा जिल्ला रानीवन ७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका ९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर १६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेतीलाई पक्राउ गरेको बताएको छ ।

पत्रकार सम्मेलनमा व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका ३ जनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको जानकारी दिए।

पक्राउ परेकाहरुले दश जोड दुईका एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्र्टििफकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्क्सिटहरु बनाउने गरेका पाइएको ब्युरोले बताएको छ।

पक्राउ परेकाहरुबाट महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगुम कुँवरको समेत कीर्ते हस्ताक्षरसहितको लेटर प्याड पनि बरामद गरेको छ । पक्राउ परेकाहरु सँग अरु किर्तेकाम गर्ने गिरोहसँग सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गहन बनाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बलात्कार मुद्दामा बम्जनले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको जिल्ला अदालतबाट दोषी ठहर भएका

च्यासल पुलदेखि बालकुमारी पुलसम्मका कवाडी सङ्कलन केन्द्रमा डोजर चलेपछि…(भिडियो)

काठमाडौँ । यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा

राजतन्त्र ल्याएर फाइदा हुँदैनः अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा

२५ करोड विदेशी मुद्रा बरामद प्रकरणः ट्रक चालक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । काठमाडौंको टोखामा २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक