प्रधानमन्त्रीको स्वास्थ्य ‘खतरामूक्त’, अझै केही दिनमा अस्पतालमै रहने



कामठाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै कम्तीमा एक साता अस्पतालमै रहने भएका छन् । उपचारमा संलग्न चिकित्सकले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कम्तीमा एक साता अस्पतालमै रहने जानकारी दिएका हुन् ।

चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाललाई ’खतरा मुक्त’ रहेको बताएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले उनले शरीरको प्रतिरोध क्षमता घटाउने औषधि लिइरहेका कारण एपेन्डिसाइटिस भएको ढिलामात्रै थाह भएको र त्यसको संक्रमणका कारण अत्यन्तै जोखिमपूर्ण अवस्था आइपरेको बताएका थिए ।

प्रधानमन्त्रीका निजी चिकत्सक डा. दिव्यासिंह शाहले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘उहाँ अझै केही दिन अस्पतालमै रहनुहुन्छ, त्यसपछि मात्र नियमित काम गर्न सक्नुहुन्छ ।’

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्रीको मङ्गलबार र बुधबार दुईपटक हेमोडायलाइसिससमेत गरिएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिकमै डायलाइसिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धरानमा चुनकुमारीको हत्या उनकै श्रीमानको योजनामा भएको खुलासा, ६ जना पक्राउ

धरान । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक

पाँच किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट श्रीलङ्काली नागरिक

काठमाडौँ । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक

आरजु भन्छिन्-नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार बढी भए

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन

यस्तो छ सुमनाको राजीनामा पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्