मेडिकल कलेज र सरकारबीचको सहमति विद्यार्थीलाई अस्वीकार्य



काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले चितवन मेडिकल कलेजमा प्रदर्शन गरेको छ । मेडिकल कलेजहरूले गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न माग गर्दै बुधबार विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच एमबिबिएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमतिमा समितिले आपत्ति जनाएको छ । कारबाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज शुल्क समायोजन गर्न तयार भए पनि विद्यार्थीले तेस्रो, चौथो वर्षमा उठाइएको शुल्कको बारेमा मौन रहन नमिल्ने समितिको भनाइ छ ।

मंगलबार मन्त्रालय र निजी मेडिकल कलेज सञ्चालकबीच शुल्क समायोजन गर्ने सहमति भएको थियो । तर, सहमतिमा सहमतिमा नर्सिङ, फार्मेसी, बिपिएच, बिएमआइटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषय नसमेटिएकाले आन्दोलन जारी राखेको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए ।

मंगलबारको सहमतिमा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको थियो। । २०७२/०७३ र २०७३/०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने उल्लेख थियो । सरकारले कारबाही गर्ने चेतावनी दिएपछि निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न तयार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ

लिच्छविकालिन इखा पुखुलाई यस्तो बनाउँदैछ महानगर(भिडियोसहित)

बालेन साह । काठमाडौं महानगरपालिकाका वडा नम्बर १७, १८ र २५ को बीचमा

घटना मिलापत्र गराउन खोज्दा र प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवीले प्राण त्यागिन्

सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद