पूर्वराजाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्माओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनमार्फत पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको कामना लिएर सचिव महर्जन मंगलबार मनमोहन अस्पताल पुगी प्रधानमन्त्री ओलीलाई भेट गरेका र सो अवसरमा पूर्वराजाको तर्फबाट स्वास्थ्य लाभको कामना गरेको सन्देश सुनाएर फर्किएका थिए ।

पूर्वराजा शाहको प्रतिनिधित्व गर्दै सचिव महर्जनले प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । पूर्व महाराजले प्रधानमन्त्री ओलीको सिघ्र पूर्ण स्वास्थय लाभको कामना पनि गरेका थिए ।

स्वास्थ्यमा अचानक आएको समस्याले मंगलवार बिहान देखि नै प्रधानमन्त्री महाराजगन्जस्थित मनमोहन अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

लुम्बिनी । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे )नेकपा एकीकृत

डेढ दशकमा मध्यपहाडी राजमार्गको ६४ प्रतिशत काम सम्पन्न

काठमाडौं । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको

नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीय खुसी

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै