पूर्वराजाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्माओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनमार्फत पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको कामना लिएर सचिव महर्जन मंगलबार मनमोहन अस्पताल पुगी प्रधानमन्त्री ओलीलाई भेट गरेका र सो अवसरमा पूर्वराजाको तर्फबाट स्वास्थ्य लाभको कामना गरेको सन्देश सुनाएर फर्किएका थिए ।

पूर्वराजा शाहको प्रतिनिधित्व गर्दै सचिव महर्जनले प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । पूर्व महाराजले प्रधानमन्त्री ओलीको सिघ्र पूर्ण स्वास्थय लाभको कामना पनि गरेका थिए ।

स्वास्थ्यमा अचानक आएको समस्याले मंगलवार बिहान देखि नै प्रधानमन्त्री महाराजगन्जस्थित मनमोहन अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि किन यतिधेरै आलोचना ?

काठमाडौं । इँटा भट्टामा हालेर मान्छे जलाएको अभियोगमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

चितुवा आतङ्कले मेचीनगरवासी त्रसित

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न

‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा विद्युत अवरुद्ध भएपछि चिकित्सकले ‘लाइट’ बालेर जोगाए बिरामीको ज्यान

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक