प्रचण्डले भने -प्रदेश तीनको राजधानी र नाम केही दिनभित्रै टुंग्याउनुस्



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश तीनको राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् ।

हेटौंडामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

उनले भने ‘अब राजधानी र नाम केही दिनभित्रै टुंग्याउनुस्, अरु बिकल्प नै छैन ।’ उनले कतिपय कानून बनिसकेका र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताए । उनले नेपालको विकासको गति सन्तोषजनक रहेको विदेशी एजेन्सीले बताइरहेको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका

फ्लोर क्रस गरी माओवादीलाई मत दिने कर्णालीका एमालेका चार सांसद पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत

डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड अस्पतालबाट हटाइयो

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा. जागेश्वर

दार्चुला घटनाकाबारेमा सरकार जुनसुकै अडान लिन तयार छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता