मेडिसिटी अस्पतालका चिकित्सक यौन दुव्र्यवहारको आरोपमा पक्राउ



काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार डा. झालाई सोमबार साँझ अस्पतालबाटै नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार आइतबार सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी एक युवतीलाई आकस्मिक कक्षसँगैको कोठामा झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुव्र्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् । झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार दशकमा पनि कलुवापुर–बेलौरी सडक नबनेकोमा बेलौरीबासीको दुखेसो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाः तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट ल्याइने

वीरगञ्ज (पर्सा) । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ